राजनीति

देउवाद्वारा सोमबारको देशब्यापी काँग्रेस प्रदर्शनमा सहभागि हुन कार्यकर्तालाई निर्देशन

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन्। विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।
सभापति देउवाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट भएको संसद बिघटनको बिरुद्धको प्रदर्शनमा सहभागी हुन आम कार्यकर्ता तथा शुभचिन्तकलाई निर्देशन दिएका छन् ।