सामाजिक सञ्जाल

दमनको प्रश्नः देश यसरी अम्पायर वा अभिभावकबिहीन खेलमैदान कसरी बन्न पुग्यो ?

१ फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले संविधानबाट सुधारिएको भनिएको संसदीय प्रणाली तीन वर्षमै झन् बिगारिएर जवाफदेही विहीन प्रणाली बन्न पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले यसमाथि चौतर्फी आक्रमण अझ बढ्दैगएको टिप्पणी गरेका छन् । उनले देश यसरी अम्पायर वा अभिभावक बिहीन खेलमैदान कसरी बन्न पुग्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस् समस्याको एकमात्र निदान-प्रतिनिधिसभा यथास्थान भएको भन्दै अन्यथा, अराजकता हुँदै विघटन, संविधानमाथि आँच आउने उनको धारणा छ । संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको बिरोध गर्दै आएका ढुंगानाले यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः संविधानबाट सुधारिएको भनिएको संसदीय प्रणाली तीन वर्षमै झन् बिगारिएको, जवाफदेहीविहीन प्रणाली बन्न पुग्यो । यसमाथि चौतर्फी आक्रमण अझ बढ्दैछन् । देश यसरी अम्पायर वा अभिभावकबिहीन खेलमैदान कसरी बन्न पुग्यो ?  एकमात्र निदान-प्रतिनिधिसभा यथास्थान । अन्यथा, अराजकता हुँदै विघटन, संविधान ।