उर्जा

आज काठमाडौंका यी बिभिन्न स्थानमा बत्ति जाने !

१ फागुन, काठमाडौं । आज काठमाडौंका बिभिन्न स्थानमा बत्ति जाने भएको छ । नेपाल बिद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका अनुसार आज काठमाडौंको साँखु, गोठाटार र कोटेश्वरमा बत्ती जाने भएको हो ।

यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ ।

यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ ।

यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म काटिनेछ । यो फिडरको लाइन काटिँदा पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लानिङ र आसपासका क्षेत्रमा बत्ती जानेछ ।

यस्तै कपन फिडर अन्तर्गतका क्षेत्रमा भोलि बत्ती जानेछ । कपन फिडर अन्तर्गत भोलि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ ।