समाचार

दाहाल-नेपालका नेता झलनाथ खनाल उपचारका लागी दिल्ली प्रस्थान

३० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

खनाल नियमित स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन् । दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

खनाल दिल्लीमा चार दिन रहनेछन् । लामो समयदेखि बिरामी रहेका उनको उपचारका लागि दिल्ली गइरहनुपर्ने भए पनि कोरोना महामारीका कारण उनी जान नपाएको र अहिले सहज भएपछि गएको रिजालले जानकारी दिए ।

दिल्लीमा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको रिजालले बताए ।