राजनीति

ओलीको निरंकुशता बिरुद्ध बिप्लव सहित चार दलले आज संयुक्त मोर्चा घोषणा गर्दै

२९ माघ, काठमाडौं । ओलीको निरंकुशता बिरुद्ध आज बिभिन्न चार राजनीतिक दलहरुले आज मार्चाबन्दीको घोषणा गर्न लागेका छन् ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी मार्चाबन्दीको घोषणा गर्न लागेका हुन् ।

चार दलले यसअघिनै संसद बिघटनको बिरोध जनाउँदै ओलीले विदेशी शक्तिको आडमा संसद बिघटन गरेको आरोप लगाउँदै आएका छन् ।

चार दललले यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको जनाएका थिए ।

उक्त चार दललले आज काठमाडौंको प्रज्ञा भवनमा मध्यान्ह १२ बजे घोषणा सभा गर्दै छन् ।