प्रदेश 1

तीन दर्जनभन्दा बढी नेकपाका कार्यकर्तालाई डा कोईरालाले भित्र्याए काँग्रेसमा

२१ माघ, मोरगं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले तीन दर्जनभन्दा बढी नेकपालगायतका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएक छन् । नवप्रवेशीहरुलाई नेता डा कोईरालाले चारतारे झण्डा प्रदान गर्दै काँग्रेसमा स्वागत गर्नुभएको स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले पुष्टी गरेका छन् ।
देशभर काँग्रेसका बिभिन्न कार्यक्रममार्फत काँग्रेस प्रवेश गर्नेहरुको भीड बढ्न थालेको छ भनेृ डा कोईराला प्रमुख अतिथी रहेको कार्यक्रममा काँग्रेस प्रवेश गर्नेहरुको भीड पनि पछिल्लो समय बढ्न थालेको छ । नवप्रवेशीहरुले नेकपाभित्रको झगडाका कारण काँग्रेस प्रवेश गरेको र काँग्रेसमात्र नेपाली जनताको भरोसाको केन्द्र भएको पुष्टी भएको बताएका छन् ।