प्रदेश 1

लिङ्देन पछिल्लो समय देखिए सकृय पार्टी प्रवेश अभियानमा झापातिर

२० माघ, काठमाडौं । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन अन्य पार्टीका कार्यकर्तालाई राप्रपा प्रवेश गराउने कार्यम ब्यस्त देखिएका छन् । गृहनगर झापामा केहीदिन देखी पार्टी प्रवेशमा ब्यस्त देखिएका उनले आज पनि सामाजिक सञ्जालमा राप्रपा प्रवेश गराएको तस्वीर सार्बजनिक गरेका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माकै गृहजिल्लाका बासिन्दारहेका झापाको लोकप्रीय नेता लिङ्देनले झापाबाटै पछिल्लो निर्बाचनमा प्रतिनिधि सभाबाट राप्रपाको एक्लो बिजय प्रतिनिधि सभा सदस्यको रुपमा चिनाएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद भङ्ग गरेपछि ताजा जनादेशमा जानुपर्छ भन्ने राप्रपाको निर्णयभएका बेला नेता लिङ्देन आफ्नो क्षेत्र बलियो बनाउन गृहजिल्लामा सकृय देखिएक छन् । सरकारले बैसाख १७ र २७ गरी देशभर दुई चरणको निर्बाचन घोषणा गरिसकको छ । सर्बोच्च अदालतले संसद पुनःस्थापना वा निर्बाचन घोषणालाई कसलाई सदर गर्छ निश्चित नभएपनि राजनीतिक दलका नेताहरु निर्बाचन केन्द्रीत भने देखिएका छन् ।

अनेरास्ववियुको जिल्ला समिति र जनसाँस्कृतिक मञ्चमा रहेर काम गरिसक्नु भएको नेकपाको पार्टी सदस्य विभिन्न सामाजिक संघ संस्थाको अगुवा वहुप्रतिभाकी धनी विर्तामोड १०निवासी सिर्जना तामाङ र मेरा पुराना मित्र कचनकवल २निवासी नेकाका चन्द्र बिष्टलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छु।