सूचना प्रविधि

एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु

२० माघ, काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्नपाइने गरी दैनिक र ३ दिने सहुलियतप्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
यो अफर एनसेलले आफ्नो नयाँअभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
दैनिकभ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ ।
यो भ्वाइस प्याकखरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स१ह्यास डायल गर्न सक्छन् ।
त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याकपनि रहेको छ । तीनदिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहितमात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रतिमिनेट (कर सहित रु २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्यतथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।
भ्वाइस प्याकबिनाभारत कलगर्दा विद्यमानशुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।