आर्थिक

कामना सेवाले ल्यायो We Chat-Union Pay भुक्तानी सेवा सञ्चालनमा

१८ माघ, काठमाडौँ । कामना सेवाविकास बैंक र फस्र्ट पे टेक्नोलोजीप्रा.लि.बीचWeChat Pay/ Q- Pay को भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।बैंकले नेपालमाआउने विदेशी पर्यटकलाई लक्षित गदै WeChat  Pay/ Union Pay बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । यस सम्झौतापश्चात नेपालआउने पर्यटकतथा स्वदेशी गा्रहकहरुले कामना सेवाविकास बैंक लि.सगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम QR काेड स्क्यान गरि/ गराई WeChat Pay/ Union Pay को साथै Alipay,Khalti,Prabhu Pay, QPay, Ime Pay, Smart QR   लगायतअन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा१२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, Social Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।