सामाजिक सञ्जाल

खगेन्द्रको ओलीलाई प्रश्नः सेनाले गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो?

१८ माघ, काठमाडौं । बुद्धिजिवी खगेन्द्र संग्रौलाले सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताको जग्जगी शुरू भएको दाबी गरेका छन् । उनले सुरक्षाकर्मीलाई घुमाएको दृष्यसहित सामाजिक सञ्जालमा ट्वीट गर्दै उक्त कुरा बताएका हुन् । उनले सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनको बर्बरता शुरूभाछ भनेका छन् । यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो? भन्ने उनको सीधा प्रश्न छ । लेखक संग्रौलाले के थाहा, यो ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि! भन्ने आशंकासमेत गरेका छन् । संसद पुनःस्थापना भए संकटकाल लगाएर भएपनि मुलुकको सबै अधिकार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन्छन् भन्ने हल्लाअनुसार सेना उतारिएको आशंका गर्दै संग्रौलाको राजनीतिक बिश्लेशण अगाडी आएको देखिन्छ ।
उनको ट्वीटः सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताको जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनको बर्बरता शुरूभाछ। यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो? के थाहा, यो ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि!