पु.समाचार

सुनसरी काँग्रेसको बृहत बनभोज तथा भोटघाट शनिबार, नेता गच्छदार र कार्कीकाे उपस्थिति निश्चित

१६ माघ, काठमाडौं । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको बनभोज तथा भेटघाट कार्यक्रममा काँग्रेस उपसभापति एबम् पुर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार र केन्द्रीय सदस्य एबम् पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीैको उपस्थिति हुने भएको छ ।
सम्पर्क समितिले काठमाडौंको सल्लाघारीमा माघ १७ गते शनिबार गर्न लागेको दिनभरको बनभोज तथा भेटघाट कार्यक्रममा काँग्रेसकाम उच्च तहका नेताहरु सहभागी हुन लागेका हुन् । नेपाली काँग्रेसका सुनसरी काठमाडौ सम्पर्क समिति सभापति बाबुराम आचार्यका अनुसार शनिबार सम्पन्न हुन गईरहेको बनभोज तथा भेटघाट कार्यक्रममा एक हजार भन्दा बढी सुनसरीबाट काठमाण्डौ आई बसोबास गर्ने काँग्रेसीहरुलाई निमन्त्रण गरिएको छ । उक्त कार्यक्रमले सुनसरीबाट काठमाडौं आई बसोबास गर्नेहरुबीच चिनापर्चीलगायत राजनीतिक रुपमा जिल्लाका नेता कार्यकर्ताहरुमा आपसी भेटघाट हुने छ।
कार्यक्रममा भाग पिलनका लागि जिल्लाबाट पनि पाँच दर्जन भन्दा बढी अतिथी आउनुभएको सभापति आचार्यको दाबी छ ।
कार्यक्रममा सुनसरीबाट काठमाडौ आई बसोबास गर्नेहरुलाई सामाजिक सञ्जालमार्फतसमेत समितिले महिनादिन अगाडी नै आह्वान गरिसकेको छ । नितान्त काँग्रेसवृतको पारिवारिक हुने जनाउँदै आउँदै गरेको १४ औं महाधिवेशनमासमेत सुनसरीको राजनीतिक सारगर्मी बढाउने बिश्लेषण सहभागी हुनेहरुले बताएका छन् । आजमात्र नेता गच्छदार र कार्कीले कार्यक्रममा सहभागी हुने रि कन्र्फम गर्नुभएको तरुण तलका संस्थापक सुनसरी जिल्ला अध्यक्ष जीवन बिष्टले बताए ।
कार्यक्रम भक्तपुरको सल्लाघारी ज्वाङ्गा गणेशमा हुने आयोजकले बताएको छ ।