शिक्षा

दाईजो लेन देनमा आफुहरु सामेल नहुने सिद्धार्थ माबिका बिध्यर्थीहरुको प्रतिव्द्धता

 १३ पर्सा, माघ । पब्लिक एफ.एमको आयोजानामा लैङगीक हिसां एवम् दाईजा मुक्त समाज बिषयमा अन्तरक्रिया कार्यक्रम सिद्धार्थ माबिमा सम्पन्न भएको छ । एफ.एमका निर्देशक एवम सामाजिक अभियानता प्रकास थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी, बिशिष्ठ अतिथि सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हेडक्वाटर पर्साका यस.पि राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका डियसपि ओम प्रकाश खनाल, सिद्धार्थ मा बिका प्र.अ राजेश्वर पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर अध्यक्ष राम सरार्फ, उपाध्यक्ष रेखा धिमिरे, सचिव दिलिप प्रधान, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का सदस्य जगत राई, बिध्यालयकी साहायक प्र.अ शशिलता गिरी, बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बाबु प्रसाद पटेल लगायतकाले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिध्यार्थी नारद कुमार, पुष्पा ठाकुर, अन्जु शर्मा, आदित्य शर्मा, रोसनी पटेल लगायत ३० जना भन्दा बढि बिध्यार्थीले दाईजो लेन देनमा आफुहरु सामेल नहुने प्रतिव्द्धता जनाएका थिए ।
कार्यक्रमा रेडियोबाट स्वागत मंतव्य कार्यक्रम संयोजक लालबाबु सिंह, रेखा सिंह, संजय दास, एन्जल चौधरी, ईरान देवानले आ–आफनो रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।