राजनीति

काँग्रेसले ३० गते ओली सरकार बिरुद्ध देशब्यापी प्रदर्शन गर्ने गर्यो निर्णय

१३ माघ, काठमाडौं । नेपाली काँग्रेसले ३० गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । काँग्रेसले आज बसेको केन्द्रीय समिति बैठकले १९ गते भातृसंस्थाहरुको प्रदर्शन र २४ माघमा शुभेच्छुक संस्थाहरुको प्रदर्शन कार्यक्रम तय गरेको छ ।
ययअघि नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक संसद बिघटन प्रस्ताव र राष्ट्रपति बिद्यादेवी भण्डारीको सदरका बिरुद्ध ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहका परेको प्रदर्शनपछि काँग्रेसले नयाँ कार्यक्रम घोषणा गरेको हो ।
संसद बिघटनको बिरुद्धको मुद्धा सर्बोच्च अदालतमा बिचाराधिन भएको अवस्थामा कँँग््रेसले औपचारिक रुपमा संसद पुनस्थापनाको मुद्धाको माग उठाईरहेको छ भने अर्कोतर्फबाट निर्बाचन भए तयारी अवस्थामा रहेको बताएको छ ।
काँग्रेसले नेविसंघ, तरुण दल, नेपाल ट्ेरड युनियन, महिला संघ लगायत आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरु पनि मैदानमा उतारेको छ ।