स्वास्थ्य

नेपालमा आज ३ सय वढीमा कोरोना पुष्टिः दुई सय ८५ निको, ६ को मृत्यु

काठमाडौं १३ माघ । पछिल्लो २४ घण्टामा मुलुकभर चार हजार पाँच सय ७४ जनाको पिसिआर परीक्षण गर्दा थप तीन सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ५२ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

कुल संक्रमित २ लाख ७० हजार ९२ जना छन् । जसमध्ये सक्रिय संक्रमित तीन हजार दुई सय ५२ छन् । बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार १७ जना पुगेको छ ।

पछिल्लो पटक दुई सय ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार ८ सय २३ जना संक्रमणमुक्त भएका छन । हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय २२ छ ।