राजनीति

हरेक तानाशाह आफ्नो अन्तिम घडीमा गरिकमाथिको दमनमै उत्रने गर्छनः वरिष्ठ नेता पौडेल

१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकमाथि दमनमा उत्रिएर ओली सकार निर्लज्ज रुपमा प्रस्तुत भएको  टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका हुन् ।

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने ईतिहास रहेको स्मरण गरेका छन् ।  उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भएको जसरी दमनमा उत्रने बताए ।

वरिष्ठ नेता पौडेलले दमनले नागरिकलाई थप उर्जा प्रदान गर्ने र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने बताएका छन् ।

लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आँफु आफैं अघिल्लो मोर्चामा हुने बताएका छन् ।

उनको स्टाटसः प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ । सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ । लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।