सामाजिक सञ्जाल

किशोर नेपालको प्रश्नः ओलीले प्रतिफलको आशा नराखी उनी धर्ममा लागेका होलान र ?

१३ माघ, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति दर्शनको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेपालले ओलीले प्रतिफलको आशा नराखी उनी धर्ममा लागेका होलान र ? भन्दै प्रश्न गरेका छन् ।

उनले लामो समय जेल बसेर नाम कमाएका कम्युनिष्ट नेता जीवनको उत्तरार्ध्दमा साधु बन्दछन, भन्दै मोहनचन्द्र अधिकारी यसका ज्वलन्त उदाहरण हुन् भनेका छन् ।

नेपालले प्रधानमन्त्री ओलीले पशुपतिनाथको भब्य अर्चना गरेर आँफू ध्यान धर्मतिर सल्केको संकेत दिएका छन् भने ।

 

उनको ट्वीटः लामो समय जेल बसेर नाम कमाएका कम्युनिष्ट नेता जीवनको उत्तरार्ध्दमा साधु बन्दछन । मोहनचन्द्र अधिकारी यसका ज्वलन्त उदाहरण हुन । प्रम खड्ग ओलीलीले पशुपतिनाथको भब्य अर्चना गरेर आफू ध्यान धर्मतिर सल्केको संकेत दिएका छन । प्रतिफलको आशा नराखी उनी धर्ममा लागेका होलान र ?