सामाजिक सञ्जाल

शान्तिपूर्ण अभियानमा लाठी र पानी फोहोराले दमन गर्नु सरकार पूर्ण निरंकुशतामाः डा.संग्रौला

१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले शान्तिपूर्ण अभियानमा लाठी र पानी फोहोराले दमन गर्नु सरकार पूर्ण निरंकुशतातर्फ अग्रसर रहेको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमनको बिरोध गर्दै नेतृ संग्रोलाले यस्तो बताएकी हुन् । उनले संविधान र नागरिकहरुको हक अधिकारको विरुद्धमा उत्रिएको मात्र नभई केपि ओलि अब बहुदलिय प्रजातान्त्रिक पद्धतिबाट हिटलरी शासनमा रुपान्तरण हुदैछन भन्ने प्रहरिको बर्बर दमन र धरपकडबाट नेपाली जनताले आभास गरेको समेत बताएकी छिन् ।

नेकपा भित्रको आपसी स्वार्थ र शक्ति संघर्सले गर्दा हठात रुपले प्रधानमन्त्री केपी ओलिले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र संविधानको खिल्ली उडाउदै देशलाई भडखालोमा हालेको बर्तमान सन्दर्भमा नागरिक समाजको शान्तिपूर्ण अभियानमा दमन गर्नु सरकार पूर्णत निरंकुशता तर्फ अग्रसर भएको उनको भनाई छ । 

सोमबार संसद बिघटनका बिरुद्धमा उत्रिएका नागरिक समाजका अभियन्तामाथि प्रहरीले लाठि चार्ज, पाननीको फोहरा प्रहारका साथै धरपकड गरेको बिषयलाई लिएर उनले यस्तो ट्वीट गरेकी हुन् ।

उनले असंबैधानीक र अलोकतान्त्रिक निर्णयविरुद्धमा नागरिक समाजको आन्दोलनलाई थप उर्जा सहित सम्पुर्ण राजनैतिक दलहरु यश दमनको बिरुद्ध एकाकार भै संविधान र लोकतान्त्रिक पद्धतिको रक्षार्थको लागि सबै एक जुट हुनुपर्नेमा जोड समेत दिएकी छिन् ।