राजनीति

संसद बिघटन बिरुद्ध दाहाल-नेपाल समुहकाे आजदेखी तेस्रो चरणको आन्दोलन

१३ माघ, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहको तेस्रो चरणको आन्दोलन सुरु हुँदै छ ।

संसद बिघटन गर्ने ओलीको निर्णयका बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । संसद बिघटनको निर्णय फिताए नहुँदसम्म आन्दोलन गर्ने बताएको उक्त समुहले आज काठमाडौंमा सिटी जुलुस निकाल्दै छ ।

दाहाल(नेपाल समुहका युवा संगठनका संयोजक रामप्रसाद सापकोटाका अनुसार संर्घष समितिको अगुवाईमा हुने सिटी जुलुसमा उक्त समुहका बिद्यार्थि नेताहरुले सिटी फुकेर संसद बिघटनका बिरुद्ध खबरदारी गर्नेछन् ।

सिटी जुलुस आज दिउँसो ३ बजेदेखी लैनचौर बाट सुरु हुँदै असन, ईन्द्रचोक, हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत हुने छ । उक्त समुहले १६ गते जुलुससहित शहिदहरुलाई श्रदाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुर र २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनका बिरुद्ध दाहाल-नेपाल समुह गत पुष १४ गतेदेखी सडक प्रदर्शनम होमीएको छ ।

यस्तै उक्त समुहले तेस्रो चरणको आन्दोलन अन्तर्गत भोलीदेखी २१ गतेसम्म संबिधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले काठमाडौंको माईतिघरमण्डलामा धर्ना दिने छन् ।