सामाजिक सञ्जाल

डा.भट्टराईको टिप्पणीः ओलीतन्त्रको आखिरी दिन आएको हो, पशुपतिनाथले रक्षा गर्लान् ?

१३ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारमा नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्ज गर्ने सरकारी कदमको बिरोध जनाएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त संसद बिघटन गर्ने ओली सरकारको निर्णयका बिरुद्ध सोमबार बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले गरेको पानीको फोहोरा र लाठीचार्ज प्रति टिप्पणी गरेका छन् ।

उनले विहान ‘कम्युनिष्ट’ ओलीद्वारा पशुपतिमा सवा लाख बत्ती प्रज्वलन र दिउॅसो नागरिक आन्दोलनकारीमाथि नृशंश प्रहरी दमन भन्दै टिप्पणी गरेका छन् । उनले कतिपय नास्तिकहरू पनि आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जाने बताएका छन् ।

उनले प्रश्न गरेः के ओलीतन्त्रको आखिरी दिन आएको हो ? पशुपतिनाथले ओलीतन्त्रको रक्षा गर्लान् ?

उनको ट्वीटः विहान ‘कम्युनिष्ट’ ओलीद्वारा पशुपतिमा सवा लाख बत्ती प्रज्वलन ! दिउॅसो नागरिक आन्दोलनकारीमाथि यो नृशंश प्रहरी दमन ! भनिन्छ कतिपय नास्तिकहरू पनि आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जान्छन् ! के ओलीतन्त्रको आखिरी दिन आएको हो ? पशुपतिनाथले ओलीतन्त्रको रक्षा गर्लान् ?