राजनीति

माधव नेपालले दिए ओली समुहलाई धुलो छाप पार्टीको संज्ञा

१२ माघ, काठमाडौं । दाहाल-नेपालका अध्यक्ष माधवकुमार नेपालले ओली समुहलाई धुलो छाप पार्टीको संज्ञा दिएका छन् । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओली समुह धुलो पार्टी भएकाले पार्टीको कुनै काम नभएको बताएका छन् ।

ओली समूहले जिल्लाजिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको भन्दै त्यसको भुलभुलैयामा नपर्न पनि नेपालले कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कुनै व्यवस्था नै भएको भन्दै नेपालले सर्वोच्च अदालतले अन्यथा निर्णय गर्छ भनेर आफूहरूले नसोचेको बताए ।

ओलीले वैशाखमा चुनाव गराउँछन् भनेर भ्रममा नपर्न पनि नेपालले आग्रह गरे । दाहालले ओलीको जालसाजी नबुझेको भन्दै उनले आफूहरू भुक्त्तभोगी भएको दाबी गरेका छन् ।