राजनीति

ओलीलाई निश्कासन असम्भव,दाहाल-नेपालको निर्णयको अर्थ छैनः गृहमन्त्री थापा

१२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निश्कासन गर्ने कुरा असम्भव भएको बताएका छन् । आज कालिकोट जाने क्रममा सुर्खेत बिमानस्थलमा नेता थापाले अर्काे समुह दाहाल नेपालले गर्ने कुनै पनि निर्णयको अर्थ नरहेको बताएका छन् ।

संसद बिघटन गरेपछि दुई समुहमा विभाजित नेकपाको दाहाल–नेपाल समुहले अर्काे समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निश्कासन गर्ने बताएका बेला नेता थापाको यस्तो धारणा सार्वजनीक भएको हो ।

साथै नेता थापाले नेपाल कमयुनिष्ट पार्टी नेकपा बिभाजन पनि नभएको दाबी गरेका छन् ।थापाले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाह्य हस्तक्षप, समेत बढ्दै गएको भन्दै टिप्पणी गरेका छन् ।

उनले पार्टीभित्रै केहि तत्वलाई पद चाहिएकाले प्रतिनिधिसभा विघटन भएको पनि दाबी गरेका छन् ।