१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रिय कमिटी सदस्य सुर्य आचार्यले पुर्व प्रधानमन्त्री माधव नेपालप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा नेपालको मनले नमानेका भन्दै तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ भन्दै व्यंग्य गरेका छन् ।
उनले थापाले पहिले दरबारको पश्चिम ढोकामा नेपालले सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको भन्दै यस्तो उल्लेख गरेका छन् ।
थापाले बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला भन्दै टिप्पणी गरेका छन् । उनले पेरिसडाँडामा कुखुरी काँ भन्दै आफ्नो फेसबुकमा लेखेका छन् ।
उनको स्टाटस्ः पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति-अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा –बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा भनेको यस्तै भएर होला ! एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै । मजाक – उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ ?