राजनीति

डा.भट्टराईको टिप्पणीः ‘पोहोर मरिन् सासू ऐले आयो आँशु’ !

१२ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रुपमा सम्मान गर्ने सरकारको निर्णय प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै उनले उनले आफ्नो पालामा जारी टिआरसि र वेपत्ता सम्बन्धी आयोगको अध्यादेश, द्वन्दपीडितलाई ५ लाख नगद प्लस, ५ लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र, बहिर्गमित लडाकुलाई २ लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको भन्दै कटाक्ष गरेका छन्  ।

साथै उले ऐले गोहीको आँसु चुहाउॅदै उधारो समिति गठन टि आर सि टार्ने मेसो हो ? भन्दै प्रश्न गरेका छन् । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको प्रति उनले यस्तो ट्वीट गरेका हुन् ।

उनको ट्वीटः ‘पोहोर मरिन् सासु ऐले आयो आँसु’ ? मेरो पालामा जारी TRC वेपत्ता सम्बन्धी आयोगको अध्यादेश, द्वन्दपीडितलाई ? ५ लाख नगद प्लस ? ५लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र, बहिर्गमित लडाकुलाई रू२लाख राहत आदि पछिल्ला सरकारले किन रोकेकोरुऐले गोहीको आँसु चुहाउॅदै उधारो समिति गठन ? TRC टार्ने मेसो ?