राजनीति

अख्तियारले भ्रष्टाचारीका कुनै पनि फाईललाई कारबाही गर्न नछुटाओस्ः गुरुङ

११ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङले अख्तियारले स्वास्थ्य सामाग्री खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस, आइल निगम जग्गा खरिद, वाइडबडी जहाज, बालुवाटार, यती, क्यान्टोनमेन्ट आदि कुनै काण्ड नछुटोस्, यही काम गरोस भनेका छन् ।
नेता गुरुङले अख्तियारको धुलो भएको फाइल टक्टक्याउने कुरा आएछ, सैद्धान्तिक रुपमा यो विषय सरकारको कार्यक्षेत्र भित्र पर्दैन भन्दै उक्त कुरा बताएका हुन् ।
उनको स्टाटस्ः अख्तियारको धुलो भएको फाइल टक्टक्याउने कुरा आएछ। सैद्धान्तिक रुपमा यो विषय सरकारको कार्यक्षेत्र भित्र पर्दैन। तथापि अख्तियारले यही काम गरोस्। स्वास्थ्य सामाग्री खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस, आइल निगम जग्गा खरिद, वाइडबडी जहाज, बालुवाटार, यती, क्यान्टोनमेन्ट आदि कुनै काण्ड नछुटोस्।