राजनीति

प्रचण्ड–नेपाल पक्षले अध्यक्ष ओलीलाई नेकपाको साधारण सदस्यबाट नै हटाउने गर्यो निर्णय

pmoli

११ माघ, काठमाडौं । प्रचण्ड–नेपाल नेकपाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । नेता जनार्दन शर्मालाई उदृत गर्दै आजको स्थायी समिति बैठकले प्रतिनिधि सभा बिघटन गर्दा पार्टीको निर्णय बिना नै गरेको भन्दै अध्यक्षबाट हटाईएको भन्दै नेकपाको अध्यक्षबाट हटाईएको भएपनि उनलाई साधारण सदस्यबाटै हटाउने निर्णय थप गरेको हो ।
नेकपाका ओली र दहाल पक्षले आधिकारिक नेकपा आ–आफ्नो भएको भन्दै आएका छन्। दुबै पक्षले नेकपाको आधिकारिकता आफ्नो भएको भन्दै निर्बाचन आयोगमा निबेदन दिएका छन् । उक्त निबेदनको निर्णय आयोगले गरेका छन् । ओलीलाई अध्यक्षबाट हटाउने निर्णय बिगतमा गरेपनि साधारण सदस्यबाटै हटाउने निर्णय भने आज गरेको हो । स्थायी समिति बैठकले नै यसअघि ओलीलाई अध्यक्षबाट हटाउँदै उनको स्थानमा माधव कुमार नेपाललाई ल्याएको थियो । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गर्ने कुराको बिरोध गर्नेहरु देश र संबिधान बिरोधी भएको बताउँदै आएका छन् ।