समाचार

धादिङमा ३२० रोपनी जग्गामा लगाइएको अफिम नष्ट

११ माघ, धादिङ / बेनीघाट रोराङ गाउँपालिकामा ३२० रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । गाउँलेले लगाएको अफिम खेती प्रहरी टोली गाउँमै पुगेर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले धादिङ र मकवानपुरको सीमा क्षेत्रमा अफिम खेती गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले गाउँमै पुगेर नष्ट गरेको थियो ।
प्रतिबन्धित लागुऔषध गाँजा र अफिमको खेती हुने गरेको महाभारत क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले ३५८ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।