आर्थिक

राजस्व संकलन गर्न एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

११ माघ, काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पी.एस.पी.मार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भयो । नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार ब्यक्त गर्नु भयो ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पु¥याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गरे ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः–

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।