राजनीति

संसद बिघटन असंबैधानिक भन्नेहरु देश र संबिधान बिरोधी हुन्ः प्रधानमन्त्री ओली

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अस्थिरतातर्फ मूलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा गएको हो । मैले आफ्नो हातमा लिएको छैन । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो । जनताले फैसला गर्नुस् भन्दा म तानाशाह भए रु मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरुको पनि मूल्यांकन गर्नुस् भनेको छु, भनेका छन् ।
उनले प्रतिनिधि सभा बिघटन गलत भन्नेहरु देश र संबिधान बिरोधी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले एक अपाँगता भएको ब्यक्तीहरुसँगको साक्षतकार कार्यक्रममा बोल्दै भने, ‘‘संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छे संविधान विरोधी हुन् । लोकतन्त्र विरोधी, देश विरोधी, जन विरोधी मान्छेहरु हुन्, अस्थिरता खडा हुने देशमा स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने, संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद् भनेको जागिर हो ? संसद् भनेको जागिर हैन ।’
प्रधानमन्त्री ओलीले बिश्वका कोहीपनि प्रधानमन्त्री दुईवटा मृगौला फेल भएको ब्यक्ती नभएको दाबी गर्दै सरकारले निर्बाचन गराउने दाबी गरेका छन् ।