प्रदेश 1

मुख्यमन्त्री राईले ४९ बर्षको उमेरमा यसरी गरे २३ बर्षीया मोडल शेर्पासँग बिबाह

११ माघ, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २३ बर्षिया मोडल जाङ्मु शेर्पासंग आज बिबाह गरेका छन् । काठमाडौंको एलिस एलिस पार्टी पयालेशमा परम्परागत पोसाकमा सजिएर बिबाह बन्धनमा बाँधिएका भोजपुरका मुख्यमन्त्री राईसँग संखुवासभाकी शेर्पाले बिबहाह गर्न मञ्जुर गरेकी हुन् ।
दोलखाकी एक खड्का थरकी एक महिलासँग नाम जोडिएर बिभिन्न बिबाद आएपनि अन्ततः मुख्यमन्त्री राईले बिबाह गरेका छन् । मन्त्री भानुभक्त ढकाल, पुर्वमन्त्री कृपाशुर शेर्पालगायतका केहीमात्र उपस्थित भएर गरिएको बिबाहबन्धन सम्पन्न भएपनि बेलुका आयोजना गर्नेए भनिएको मुख्यमन्त्ती राई र शेर्पाको बिबाह भोजमा भने राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मँ ओलीलगायत बिशिष्ट ब्यक्तीहरुलाई पनि निमन्त्रण गरिएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ । ४९ बर्षको उमेरमा बिबाह गरेका राईले प्रदेश निर्बाचनताका आफू मुख्यमन्त्ती भएपछि बिबाह गर्ने मिडियामा बताएका थिए ।