प्रवास

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

११ माघ, काठमाडौँ / संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।
वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो । पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत संस्थाको व्यवस्थापनमा संलग्न छन् ।