स्वास्थ्य

आँखाको महत्व बुझेमा आँखासम्बन्धी समस्याबाट यसरी मुक्त हुन सकिन्छ

दिपीका खड्मा/ आँखा मानिसलाई प्रकृतिले दिएको अमुल्य उपहार हो । मानिसको जिवनको सबैभन्दा महत्वपुर्ण अङ्गको रुपमा आँखालाई निनिने गरिन्छ । आँखा बिना मानिसको जिवन नै अन्धकार र कष्टकर हुन्छ । शरिरको पाँच वटा इन्द्रीयमध्ये सबैभन्दा महत्वपुर्ण इन्द्रीय आँखा हो । आँखाले मानिसको ब्यक्तित्व झल्काउनुको साथै अनहारको सौन्दर्य पनि बढाउँछ । कुन राम्रो कुन नराम्रो भनेर छुट्याउन पनि आँखाको नै जरुरी पर्दछ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा ती आँखा नदेख्नेहरुलाई अझ बढी थाहा हुन्छ भन्ने अनुमान लगाउनु गलत नहोला ।
अहिलेको बिज्ञान तथा प्रविधीको युगमा हरेक मानिसको हात–हातमा मोबाईल फोन रहेको छ र घर–घरमा टि.भी रहेको छ । इन्टरनेट र बिज्ञान पैबिधिको जमानालाई सदुपयोग गर्दै यी साधनहरुको अत्याधिक रुपमा प्रयोग गरिँदा अहिले हामीले बच्चादेखि नै चस्मा लगाउनु पर्ने वा आँखा सम्बन्धी बिभिन्न सम्स्या देखा पर्ने दृष्टान्त समाजमा बढिरहेका छन् । अहिले धेरैजसो मानिसहरु आँखाको समस्या लिएर अस्पताल जाने गर्दछन् । धेरै फोन चलाउनाले, धेरै टि.भी हेर्नाले आँखामा समस्या देखा पर्दछ । त्यसैले यस्ता बस्तुहरुको कम मात्रामा प्रयोग गर्नुपर्दछ । धेरै गेम खेल्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने र कार्यालयमा धेरै कम्प्युटर हेरिरहने, युट्युव तथा सिनेमा धेरै हेर्ने गर्नाले आँखामा समस्या आउने गरेको डाक्टरहरुको भनाई छ । यसरी घण्टौ समयसम्म मोबाईल, फोन हेर्दा आँखा थाक्ने पनि गर्दछ ।
अहिलेको सन्दर्भमा हेर्दा ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा बढी आँखाको समस्या देखा पर्न थालेको छ । सहरी क्षेत्रमा हरीयो सागसब्जी कम रुचाउनेहरुको कारण पनि आँखा चाँडै नै कमजोर हुन्छ । त्यसैले बढि सागसब्जी रुचाउने, कम मात्रमा मोबाईल फोन चलाउने, धुवा धुुलोबाट टाढा रहने गर्नाले आँख स्वस्थ रहन्छ । कतिपय समयमा दुर्घटनाका कारणले पनि मानिसले आँखा गुमाउनुपरेको छ, दुर्घटना भबितब्य भएपनि यसबाट बच्न पनि धेरै प्रयास गर्नु उपर्युक्त हुन्छ । मानिसलाई जन्मदेखि मृत्युसम्म आँखाको महत्व उतित्कै रहन्छ । धेरैजसो आँखासम्बनधी अस्पतालले आँखा नभएकाहरुका लागि आँखा दान गर्न मिल्ने ब्यवस्था पनि गरेका छन् । मृत्युपछि आँखाको आवश्यक्त नहुने भन्दै मृत्युपछि आँखा दान गर्न पनि मिल्छ । मृत्युपछि आँखा दान गरेमा बाँचेर सँसार हेर्न नपाएकाहरुका लागि काम लाग्ने हुँदा जोकोहीले पनि आँखा दान गर्न सक्दछन् ।
आँखा मानिसको सबैभन्दा महत्वपुुर्ण र संवेदनशिल अंग भएको सामान्य सत्य कुरा हो, मुटु, टाउको जसरी शरीरको लागि महत्वपूर्ण मानिन्छ, आँखाको महत्वपनि त्योभन्दा कम नहोला । आँखाले गर्दा नै संसार देखिने भएकोले यसलाई महत्वपुर्ण अंगको रुपमा लिईन्छ । आँखा कमजोर गराउने साधनबाट बालबालीकालाई टाढा राख्नाको लागि परिवारको महत्वपुर्ण भुमिका रहेको हुन्छ । अहिलेको समयमा अभिभावकहरुको बढि ब्यस्तताका कारण बालबालीकालाई भुलाउने साधनको रुपमा यस्ता मोबाईल, फोन, कम्प्युटरलगायत इलेक्टोनिक साधन बनेको छ, यस्ता साधनले पनि आँखालाई असर गर्ने गर्दछ । पछिल्लो समय कारोना भाईरसको माहामारीका कारण बिश्वभरका धेरै आर्थिकलगायतका क्षेत्र अस्तब्यस्त छन्, सम्बन्धीत मुलुकका सरकारले महामारीको समयलाई मध्यनजर गर्दै सबै जनतालाई घरमा नै बस्न आग्रह गरेका छ । कतिपय मुलुकमा लकडाउन कायम छ भने कतिपय मुलुकमा जनजिबन सामान्य बन्दै गएको अवस्था पनि छ, तैपनि औषधि पत्ता नलागुन्जेलसम्म मानिसले शान्तसंग बाँच्न बिश्वका कुनै पनि कुनामा पाएका छैनन् । समय बिताउन वना आवश्यक्ता पुरा गर्नको लागि मानिसले बढि मात्रमा मोबाईल, फोनको प्रयोग गर्ने गर्दछन् । यसले गर्दा मानिसहरुको आँखामा बढि समस्या देखा पर्न थालेको छ । बिद्ययालय बन्द रहेका कारण बिद्यार्थीहरुले कम्प्युटर, मोबाईल हेरिरहनु पर्ने भएकाले बिद्यायार्थीको स्वास्थ्यमा नाकारत्मक असर पुगेको स्वास्थ्य सम्बन्धी सस्थाहरुले बताएको समाचार आईरहेका छन् । लामो समयसम्म यस्तो इलेक्टोनिक साधनहरु हरिरहनु पर्ने भएकाले तत्काल आँखा पोल्ने, आँशु जम्ने, बिझाउँने वा आँशु बगिरहने जस्तो समस्या देखा पर्न थालेको छ । यस्ता समस्याबाट बचामउन आफ्ना बालबालीकाका लागि परिवारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने हुन्छ । आँखा सबैका लागि एकदम संबेदनशिल भाग हो । आँखा बिनाको संसार कल्पना समेत गर्न सकिदैन । त्यसैले आँखाको धेरै हेरचाह गर्न आवश्यक छ । आँखा स्वस्थ राख्नको लागि निम्न कुराहरुको ख्याल राख्न जरुरी रहेको बिभिन्न बिशेषज्ञहरु बताउछन्ः
– मोबाईल, कम्प्युटर र ल्यापटपमा लामो समय सम्म काम गर्नु हुदैन हेरिरहदा आँखा चाडै बिग्रीने खतरा हुन्छ ।

– सुर्यबाट आउने हानिकारक किरणहरुले हाम्रो आँखालाई असर गर्दछ त्यसैले बाहिर हिँड्दा सुरक्षित आईग्लास लगाउँदा राम्रो हुन्छ ।
– आँखामा धुलो परेको समयमा पानी हाल्नु उचित हुुुदैन, पानी हाल्दा फोहोर झन् भित्र जाने सम्भावना हुन्छ त्यसैले नरम कपडाले आँखा पुछ्दा राम्रो हुन्छ ।
– किताव, टेलिभिजन धेरै नजिक राखेर हेर्नु हुदैन, कम्तीमा पनि ६ मिटरको दुरी पर राखेर हेर्दा उचित हुन्छ ।
-हरेक ब्यक्तिले समय समयमा आँखा जचाउँनु पर्दछ ।
– खानपानले गर्दा पनि आँखालाई असर गर्दछ । त्यसैले हरियो साग, गेडागुडी, माछामासु लगायत पोषिलो खानेकुरा खानु पर्दछ । पर्याप्त पोषणले आँखालाई स्वस्थ राख्दछ ।
– पानी पर्याप्त मात्रमा पिउनु पर्दछ ।
– आँखा चलाउदा फोहोर हातले चलाउन हुँदैन, यसले आँखालाई असर गर्दछ त्यसैले साबुनपानीले हात धोएर मात्र आँखालाई छुनुपर्दछ ।
– चस्माले आँखाको सुरक्षा गर्दछ, त्यसैले यन्त्र वा बिद्युतीय उपकरणहरु प्रयोग गर्दा, मोटरसाईकल चढ्दा, बिषादी वा अन्य रसायनिक काम गर्दा कबाभतथ नबिककभक को प्रयोग गर्नुपर्दछ ।
– चिलाएको खण्डमा आँखालाई धेरै कन्याउनु हुँदैन
– आँखासम्बन्धी कुनै समस्या आएमा बिशेषज्ञकोमा गई जँचाएरमात्र औषधि–उपचार गर्नुपर्दछ
– आँखा शरीरको महत्वपूर्ण अँग हो भन्ने ध्यान दिएमा पनिज आँखा सम्बन्ध्ी समस्याबाट धेरै बच्न सकिन्छ
यि सबै कुराहरुको पालना गर्नाले आँखा सम्बन्धी लाग्ने रोगबाट केहि मात्रामा छुटकारा पाउन सकिन्छ । आँखामा चोटपटक लाग्दा आँखा कमजोर हुने वा अन्धोपन हुन पनि सक्छ त्यस्ता चोटपटकको समयमा नै तुरुन्तै उपचार गर्नुपर्दछ । आँखाको गम्भीर चोटपटक वा खतरायुक्त लक्ष्ण देखा परेमा नजिकै को अस्तालमा चेकजाच गर्न जानुपर्दछ । फलाम सम्बन्धीको काम गर्ने, सुन बनाउने मानिसहरुले आफ्नो आँखाको सुरक्षाको लागी चस्माको प्रयोग गर्ने गर्दछन् । यदि यस्तो काम गर्ने मानिसहरुले कबाभतथ नबिककभक नलगाएमा आँखाको नानीलाई असर पुर्याउदछ र आँखा खराब हुन्छ । काम गर्ने ठाउँमा उज्यालो बनाएर राख्नुपर्दछ, बेलाबेलामा आँखालाई यताउति घुमाएर आँखाको ब्यायाम गर्नु पर्दछ । खाना पकाउने समयमा चुल्हो र स्टोभहरुबाट बनाउँदा त्यसबाट निस्कने धुवाँ तथा धुलोले आँखालाई सुख्खा बनाउँदछ यसले बालबालीकाहरुलाई बढि असर गर्दछ त्यस्ले यस्तो बस्तुहरुबाट बालबालीकालाई टाढा नै राख्नुपर्दछ । आँखा मानिसको सबै भन्दा संबेदनशिल अंग भएकाले यसलाई घाम पानी, हावा, चोटपटक हरेक चिजबाट जोगाउनु पर्दछ । पछिल्लो समय नेपालमा आँखा सम्बन्धी बिभिन्न समस्या देखा पर्न थालेको छ । नेपालमा बायु प्रदुषणको कारण आखाँको समस्या मात्रै नभएर अन्य समस्याको कारण पनि बढि रहेको पाईन्छ । जाडो होस् या गर्मी जुनसुकै बेलामा पनि आँखामा समस्या देखा पर्न थालेको छ । बिशेषगरी ग्रामिण क्षेत्रमा बन जंगलमा घाँस दाउरा काट्न जाँदा आँखामा घोच्ने कीराहरु पस्ने लगायत कारणहरुले गर्दा आँखालाई असर पुर्यादछ । त्यसैले हामीले यस्ता साना–साना कुराहरुमा पनि एमदमै ख्याल राख्नुपर्दछ ।