राजनीति

महामन्त्री डा.कोईरालाको दाबीः आगामी वैशाखमा निवार्चन हुनै सक्दैन

१० माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले आगामी वैशाखका निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।

आज बिहान महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री डा.कोईरालाले यस्तो दाबी गरेका हुन् ।

अहिले पनि नेकपा पार्टी कानुनी रुपमा नफुटेकोभन्दै निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, टुंगो नभएको र नपाउने समुहले विरोध गरी र अदालत जाने भन्दै बैशाखमा चुनाव सम्भव नभएको बताएका हुन् ।

नेता कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउदै कांग्रेस पुर्नस्थापनाकै पक्षमा रहेको बताएका छन् ।

साथै उनले विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि ओलीले कुनै योजना अघि नसारेको बताएका छन् ।