सामाजिक सञ्जाल

ओली प्रतिगमन विरूद्ध संयुक्त जनआन्दोलनस्वरुप पुर्व प्रधानमन्त्रीलाइ भेटेको हुॅः डा.भट्टराई

१० माघ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन स्वरुप पुर्व प्रधानमन्त्रीसंग भेटघाट गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमाफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् । डा.भट्टराईले अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको बताएका छन् ।

यसै क्रममा आँफुले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रधानमन्त्री र दलका नेताहरू शेरबहादुर देउबा, माधव नेपाल, पुष्पकमल दाहाल लगायत अन्य नेताहरूसंग भेटघाट गरेको र आगामी दिनमा पनि गर्ने बताएका छन् ।

उनको ट्वीटः अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको छ।यसै क्रममा मैले ओली प्रतिगमन विरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउबा, माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुॅ। गर्दैरहनेछु !