प्रदेश 1

चक्रघट्टि र प्रकाशपुर जोडेर स्मार्ट सिटी बनाउने योजनामा छुः नेता कार्की

९ माघ, चक्रघट्टी । विगठित प्रतिनिधि सभाका सांसद ज्ञानेद्रबहादुर कार्कीले वराहक्षेत्र नगरपालिकालाई स्माट सिटी बनाउने योजना रहेको बताएका छन् । नगर भित्रको दुई मुख बजार चक्रघट्टी र प्रकाशपुरलाई जोडेर स्माट सिटी बनाउने योजना रहेको उनले बताए । जल स्रोत र अर्थ मन्त्री गरेर दुई पटक मन्त्री समेत बनी सकेका कार्कीले सुनसरीको पुरानो बस्ती बसेको महेन्द्रनगरको चक्रघट्टी र प्रकाशपुरलाई जोडेर स्माट सिटी बनाउने कार्य अबको केही महिना भित्रै योजना प्रकृयामा जाने बताए ।
शुक्रवार चतरामा अगुवा कार्यक्रता भेटघाट कार्यक्रममा कार्कीले भन्ने चतरादेखि सुर्यकुण्ड जाने बाटो र धरानदेखि सुर्यकुण्ड आउने बाटोको स्तरउन्नतीमा आफुले मन्त्री हुँदा बजेट छुटाए पनि ठेक्का लगाउने कुरामा राजनीति करण भएको बताए । उनले सो सडक स्तरउन्तीकालागि पहल गर्ने बताए । उनले भने वराहक्षेत्र मन्दिर क्षेत्रमा कटान नियन्त्रण गर्न ५ करोड छुटाए योजना सम्पन्न भयो । आदर्श खानेपानी, प्रथामिक स्वास्थ्य केन्द्र, मठ मन्दिरमा मन्त्री हुँदा बजेट छुटाएको थिए ।
उन्ने निर्बाचन हुने भयो र निर्वाचन आयोगले आचारसंहिता लागू गरो भने मात्र स्माट सिटिको काम स्थगित हुने बताए । आफु बिकास प्रेमी नेता भएको दाबि गर्दे कार्कीले भन्ने मेरो टप्पुमा बत्ति बाल्ने चाहना थियो त्यो पूरा गरें । अब चक्रघट्टि र प्रकाशपुर जोडेर स्मार्ट सिटी बनाउने मेरो योजना छ । म यसलाई पूरा गर्नेछु । राजनीति सेबा भएको र आफु राजनैतिक नारामा भन्दा पनि बिकासमा बिश्वास गर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावसाली नेता समेत रहेका कार्कीले कांग्रेस आन्दोलको माध्यमबाट जनता नजिए गएको बताए । कांग्रेसले सम्मानित अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्ने समेत बताए ।
उनले संसद विघटनको विरोधमा आन्दोलनको स्वरुप परिवर्तन गरि जनतालाई सेवा हुने गरि राजनीति गर्नु पर्नेमा जोड दिए। राजनितिले विकास दिनु पर्ने वताउदै पछिल्लो समयमा राजनिती प्रति युवाहरुको वितृष्णा वढी रहेको तर्फ मध्यनजर गर्दै विकास र रोजगारीलाई प्राथमिकतामा राखेर आन्दोलनमा अघि वढे आर्थिक नोक्सानी समेत नहुने भने ।
मुलुकमा नेपाली कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनको स्वरुप परिर्वतन गरेर युवा पुस्ताहरुमा कांग्रेसले खेलेको भूमिका बारेमा स्पष्ट धारणा राख्नुपर्ने उनले बताए ।
उन्ने प्रदेश नं १ सरकारको नेतृत्व कांग्रेसले गर्नु पर्ने धारणा गरेको बताउदै त्यसो भएन भने भिम आचार्य भन्दा पनि सेरधन राईलाई समर्थन गर्ने समेत संकेत गरेका थिए ।
उनले भने ‘नेपाली कांग्रेसले राजनीतिक र ऐतिहासिक परिर्वतनको नेतृत्व गर्दै आएको पार्टी भएकोले अहिलेको परिस्थितीमा पनि कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नेछ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जनताले बिश्वास गरेर बिजयी गराएको हुदाँ त्यही विश्वासलाई आत्माथ गरेर विकासको गतिलाई पनि तिब्रता दिएको उनले बताए । त्यस क्षेत्रको समस्यालाई समाधान गर्ने मेरो प्रमुख जिम्मेवारी भएकोले समयमा नै आवाज उठाएर जनताप्रति उत्तरदायी बन्ने उनले बताए ।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य दिपेशजंग बस्नेत, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठ, नगर सभापति नारायण नेपालको लगायतका नेताहरुको उपस्थिति रहेको थियो।