सामाजिक सञ्जाल

योगेशको प्रश्नः तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ?

९ माघ, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? भन्दै कडा प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै संबिधानको कुनै धारा उल्लेख नगरि प्रतिनिधिसभाको बिघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, संबिधानको कुनै धारा उल्लेख नगरि प्रतिनिधिसभाको बिघटनको चिट्ठी गयो भन्दै न्यायालयप्रति आक्रोश पोखेका हुन् ।
नेकपा अध्यक्ष दहाल–नेपाल पक्षका स्थायी समिति सदस्य रहेका भट्टराईले अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? भन्दै उल्टै प्रश्न सोधिएको बताएका छन् । उनले हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो, किर्ते काम ? भन्दै लज्जाबोध ! को आरोप लगाएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीसरकारमा साँस्कृति, पर्यटन मनत्रीरहेका नेता भट्टराईले दहाल–नेपाल पक्षमा रहेर काम गर्न मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

नेता भट्टराईको स्टाटस्ः संबिधानको कुनै धारा उल्लेख नगरि प्रतिनिधिसभाको बिघटनको चिट्ठी गयो,
अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो,
अर्को चिट्ठी ल्याएर फायलमा राखियो,
अनि फेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ?
हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,
किर्ते काम ?
तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ?
लज्जाबोध !