मनोरञ्जन

राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न

९ माघ, काठमाडौँ । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको टोखामा सम्पन्नभएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रीपंगेनी सँगै वर्तमानअध्यक्ष रमेश विजी उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा टोखानगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागि थिए ।
समारोहमा संगीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’, ११ हजार नगद सहितलोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपालीलोक संगीतमा विद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरियो । उनीहरुसँगै कोभिडको समयमा कलाकारहरुलाई सहयोग पु¥याएका पृथ्वीथकाली र विनोद श्रेष्ठ पनि सम्मानित भए ।
राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टोखा नगरपालिकाकानगर प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागिपूर्व अध्यक्षबद्रि पंगेनी सहितउनको टीमले खेलेको भुमिकाको प्रशंसा गरे । ‘तपाईहरुले प्रतिष्ठान स्थापनागर्ने जुन अठोट गर्नुभयो, त्यसको लागिबद्रीपंगेनीको ठुलो हात छ । यो काम जुगजुग बाँचिरहन्छ । प्रतिष्ठान हाम्रो सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । प्रतिष्ठानका लागि नगरपालिकाले सक्ने सहयोग गर्नेछ । ’ अधिकारीले भने ।
प्रतिष्ठानका महासचिव सुवास के.सी.ले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने सहयोगीहातहरुलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनिकदर तथा प्रमाणपत्र प्रदानगरिएको थियो ।
समारोहमा बोल्दै प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगत श्रष्टाहरुको बैकुण्ठ तथा पुण्यभुमी बनाउने योजना सुनाए । उनले भने, ‘ बाजा संग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मुर्त रुप लिँदैछ । मलाई आफ्ना अनुभव साँटेर आफुलाई सहयोग गर्ने पुर्व अध्यक्षहरु प्रति आभार व्यक्त गर्दछु ।’
साधारणसभा पश्चातआयोजितवन्दशत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुतगरिएको थियो । अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममाभावी योजनाको घोषणा पनिगरिएको थियो । भावि योजनाअनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरुमागर्दै आइरहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता, लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीतबिकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरुमा संगठन विस्तारका साथै निस्क्रिय रहेका जिल्लाहरुलाई क्रियाशिल, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धि सम्बन्धित सरोकारवालाहरुसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोकदोहोरी आचार संहिता समेत तयार गर्ने लगायतका विषयहरु रहेका छन् ।
वि.सं २०५७ सालअसोज १६ गते स्वर्गीय लोक गायक, लोक बहादुर क्षेत्रीको सम्झनामानवलपरासीको अरुण खोलामाभएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा उपस्थित गायकगायिका एवम निर्णायक मण्डलका अग्रजहरुको भेला पश्चात अम्बर विरही गुरुङको अध्यक्षतामा १४ सदस्यीयतदर्थ समिती गठन भई त्यसको ७ महिना पश्चातवि.सं २०५८ वैशाख १४ र १५ गतेको राष्ट्रिय भेलामार्फत गैंडाकोटको उच्चमा.वि.बाट अम्बर विरही गुरुङकै अध्यक्षतामा प्रतिष्ठानको पहिलो कार्यसमिती गठन भएको थियो ।