बाग्मती

बागमती प्रदेशसभा बैठक आज बस्दैः मुख्यमन्त्री विरुद्ध अविस्वाशको प्रस्तावमा के होला ?

९ माघ, काठमाडौं । पहिलो दिनमै केही समय बसेर स्थगीत भएको बाग्मती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक दिउँसो १ बजे बोलाएका छन् ।

आजको बैठकको कार्यसुचि भने तय गरिएको छैन । तर आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासकाे प्रस्ताव टेबुल हुने दाहाल-नेपालका समुहका नेता शालीकराम जमकट्टेलले जानकारी दिएका छन् ।

यस्तै प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन । पहिलो दिन भएकाले बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

नेकपाको ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड-माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बागमती प्रदेशका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले आजको बैठकमा अविस्वासको प्रस्तावमा छलफल हुने बताएका छन् ।