पु.समाचार

गाईजात्रे गाली-गलौजले आ-आफ्ना कार्यकर्तालाई मनोरञ्जन देला,तर आमजनताको त्यसमा रूची छैनः डा.आचार्य

९ माघ, काठमाडौं । पुर्बाधारबिद डा.सुर्यराज आचार्यले राजनीतिको मूल सुत्र भनेको जनताको भावना पकड्नु भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा . आचार्यले यस्तो बताएका हुन् ।

अहिलेको राजनीतिक रडाकोमा नेताहरू बिच चलेको गाईजात्रे गाली-गलौचले आ-आफ्ना कार्यकर्तालाई मनोरञ्जन दिएपनि आमजनताको त्यसमा कुनै रूची नभएको बताएका छन् ।

उनले सुसाशन, विकास, रोजगारी र सामाजिक न्याय सुनिश्चित हुने अबको राजनीति कसरी फरक जनता जान्न चाहन्छन उनले प्रश्न गरेका छन् ।

नेपामा पछिल्लो समय जारी राजनीतिक अस्तव्यस्ततर्फ ईंगीत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनको ट्वीटः राजनीतिको मूल सुत्र भनेको जनताको भावना पकड्नु हो । अहिलेको राजनीतिक रडाकोमा नेताहरू बिच चलेको गाईजात्रे गाली-गलौचले आ-आफ्ना कार्यकर्तालाई मनोरञ्जन देला, तर आमजनताको त्यसमा रूची छैन । सुसाशन, विकास, रोजगारी र सामाजिक न्याय सुनिश्चित हुने अबको राजनीति कसरी फरक ? जनता जान्न चाहन्छन !