प्रवास

‘हामी नेपाली’को सद्भावना दूतमा राजा घले

८ माघ, काठमाडौँ । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिकाका प्रथम अध्यक्ष ,एसियन प्यासिफिक अमेरिकन काउनसिलका महासचिब प्रथम निर्वाचित नेपाली,अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सद्भावना दूत समेत हुन् । यस्तै दर्जनौ संघ संस्थामा उनि क्रियाशील छन् ।

आज अमेरिकाको इतिहासमा सबैभन्दा बृद्धा ७८ बर्षीय जो बाइडेन ४६ औ अमेरिकी राष्ट्रपति र प्रथम महिला कमला ह्यारिस उपराष्ट्रपतिले सपथग्रहण गरेको शुभ अवसरमा ‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया राजा घलेले दिए ।