राजनीति

ओलीको हुकुमी शासन स्वीकार्य छैनः बरिष्ठ नेता पौडेल

काठमाडौं माघ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको हुकुमी शासन स्वीकार्य नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले संसद विघटन लोकतन्त्र, संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि भएको बताएका छन् ।

साथै बरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने बताएका छन् । अदालतले जनताको भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने पौडेलले बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् ।

वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए ।

अहिलेको सरकारले विग्रहको बाटो समाएर नेपाललाई विग्रहको भूमि बनाउने काम भएको उनले आरोप लगाए । आफ्नो पार्टीले कुर्सिकालागी मात्रै राजनीति नगरेको पनि उनको भनाई छ ।