स्वास्थ्य

नेपालमा आज ३ सय ३६ जनामा कोरोना पुष्टिः २ सय वढी निको, ४ जनाको मृत्यु

८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार ३० जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थपिए छन् । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेका छन् ।