राजनीति

दाहाल-नेपाल समुहले देशलाई अन्धकार तिर धकेल्ने कोसिस गर्योः प्रधानमन्त्री ओली

काठमाडौँ माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल-नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाएका छन् ।

आज राजधानीमा आयोजित पार्टी निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल-नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको पनि आरोप लगाएका हुन् । ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप थियो ।

ओलीले दाहाल–नेपालले बुद्धि गलत ठाउँमा लगाएको बताएका छन् । प्रधानमन्त्री ओलीले तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको बताए । ओलीले समृद्धि, समानता, सुखको लागि आफूहरु राजनीतिक लडाईं लडिरहेको बताएका छन् ।

यस्तै ओलीले दाहाल–नेपालतिर संकेत गर्दै आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताएका छन् ।

ओलीले आफूले भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्ता र जी न्यूले सगरमाथाको नाम फेर्न चलाएको अभियानको बचाउ गरेका छन् ।

उनले अरुले ‘राष्ट्रवादको तमासा’ देखाएको दाबी गरेका छन् । दाहालले युद्धका सहयोद्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको प्रधानमन्त्री ओलीले आरोप लगाएका न् । प्रधानमन्त्री ओलीले देशको ठूलो समस्या पित पत्रकारिता रहेको पनि बताएका छन् ।