समाचार

काठमाडौं आईपुग्यो, भारतले उपलब्ध गराएको १० लाख डोज कोरोना विरुद्धको खोप

८ माघ, काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर भारतबाट नेपालतर्फ उडेको एयर इन्डियाको जहाज काठमाडौं अवतरण गरेको छ ।

आज बिहान सवा नौ बजे एएउटा ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिँदै केहि तस्वीर पोष्ट गरेका थिए ।

भारतले नेपालसहित विभिन्न छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप अनुदानको रुपमा उपलब्ध गराउने घोषणा गरेको थियो ।

हिजो स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने जानकारी गराएका थिए । स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालमा खोप व्यवस्थापनका लागि सम्पूर्ण तयारीहरु पूरा भएको र प्राथमिकताका आधारमा उपलब्ध गराउने जानकारी दिए ।

एयर इन्डियाबाट नेपाल आइपुग्ने खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान ल्याण्ड हुनेबित्तिकै हस्तान्तरण कार्यक्रम सकेर सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ ।

भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गदैछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ