समाचार

संसद बिघटन बिरुद्धको रिटमा संबैधानिक ईजलासमा आजको बहस सुरु

८ माघ, काठमाडौं । संसद बिघटनबिरुद्धको रिटमा संबैधानिक ईजलासका आजको बहस सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिपारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले जारी गरेको संसद बिघटनमा बिरुद्धमा सर्बाेच्च अदालतमा दर्जन बढी रिट निवेदन परेका छन् । उक्त रिट निबेदेनमा अहिले सुनुवाई जारी छ ।

आज रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले पहिलो बहस गरेका छन् बुधबारदेखि बहसका लागि ३० मिनेटको समय तोकिदिएको थियो । यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन । एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन् ।

रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन् । यति धेरै जनाले लामो–लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो ।

संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । भने आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसद बिघटनको बिरोधमा देशैभरी शक्ति प्रदर्शन गर्दैछ ।