सामाजिक सञ्जाल

धर्म, संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन सक्दैनः अध्यक्ष थापा

८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्म, संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध नहुने बताएका हुन् । साथै अध्यक्ष थापाले यही सत्यवोध हुन नसक्दा स्रम्पुर्ण नेपालीहरु अन्यौल,अनिश्चितताको दलदलमा परेको धारणा व्यक्त गरेका छन् ।

यस्तै अध्यक्ष थापाले परम्परा र संस्कृति कुनैपनि समाज र राज्यव्यवस्थाका आधारशीला भएको बताएका छन् । परम्परा र संस्कृतिलाई समयानुकुल परिमार्जन गर्न सकिने र गर्नुपर्नेमा उनको जोड छ ।

उनको ट्वीटः परम्परा र संस्कृति कनैपनि समाज र राज्यव्यवस्थाका आधारशीला हुन्।परम्परा र संस्कृतिलाई समयानुकुल परिमार्जनगर्न सकिन्छ,गर्नुपनि पर्छ।तर,सनातन धर्म,संस्कृति र परम्परा ध्वस्त पारेर कुनैपनि राष्ट्र सबल र समृद्ध हुन सक्दैन।यही सत्यवोध हुन नसक्दा हामी अन्यौल,अनिश्चितताको दलदलमा परेका छौं ।