कर्णाली प्रदेश

सुर्खेतको (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले दिए सामूहिक राजीनामा

८ माघ, काठमाडौं । उपकुलपतिले अभद्र व्यवहार गरेको भन्दै सुर्खेतको विरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल मप विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्राज्ञिक थलोमा क्याम्पस प्रमुखहरुले उपकुलपति नन्दबहादु सिंहले आपत्तिजनक व्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिएको क्याम्पसका प्रमुखहरुले बताएका छन् ।

उपकुलपतिको कार्यालयमा आज बसेको बैठकमा विश्वबिधालयका उपकुलपति सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् ।

पछिल्लो केहिदिनदेखी मप बिश्वबिद्यालयमा बिद्यार्थि आन्दोलीत छन् । आन्दोलनरत बिद्यार्थिको आन्दोलनलाई बिफल बनाउन भुमिका नखेलेको भन्दै उपकुलपति सिंहले गालीगलौज र अभद्र व्यवहार गरेका थिए ।