सामाजिक सञ्जाल

गगन थापाको अपिलः जुटौं, उठौं लोकतान्त्रिक संविधान रक्षाको पक्षमा !

८ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा एकवद्ध भई जुट्न सबैमा अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त युवा नेता थापाले यस्तो अपिल गरेका हुन् । आज  वडा स्तरीय विरोध कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं.४ का बाह्रैबटा वडामा हुने प्रदर्शनमा सहभागी भई, संसद विघटन विरुद्ध ऐक्यबद्धता प्रकट गर्न सबैमा हार्दिक अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनका बिरुद्धमा अज कांग्रेसले देशैभरी शक्ति प्रदर्शन गर्नलागेका बेला उक्त प्रदर्शनमा सहभागी हुन सम्पुर्णमा उनले अपिल गरेका छन् ।

उनको ट्वीटः जुटौं ! उठौं लोकतान्त्रिक संविधान रक्षाको पक्षमा ! आज माघ ८ गते वडा स्तरीय विरोध कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं.४ का बाह्रैबटा वडामा हुने प्रदर्शनमा सहभागी भई, संसद विघटन विरुद्ध ऐक्यबद्धता प्रकट गर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।