सामाजिक सञ्जाल

ओली सरकारको कार्यनीति आफ्नालाई आर्थिक लाभ र जनतालाई टुक्कामात्रैः उदय शमशेर राणा

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर राणाले ओली सरकारको कार्यनीति आफ्नालाई आर्थिक लाभ र जनतालाई टुक्कामात्र भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता राणाले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको लागि अर्बौको हेलिकप्टर र करोडको गलैँचा खरिद गर्ने र सर्प पाल्न ७२ करोड दिने सरकारले जनताको लागि खोप खरिद नगरि बिदेशीको राहत र अनुदान पर्खेर बसेको भन्दै कटाक्ष गरेका छन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराउने कोरोना खोप आज नेपाल आउनै लाग्दा उनले यस्तो ट्वीट गरेका हुन् । उनले सरकारको कार्यनीति केवल आफ्नालाई आर्थिक लाभ र जनतालाई उखान टुक्का दिने भएको भन्दै यस्तै हुनुभन्दा नयाँ जनादेश नै आवश्यक रहेको बताएका छन् ।

उनको ट्वीटः राष्ट्रपतिको लागि अर्बौको हेलिकप्टर र करोडको गलैँचा खरिद गर्ने र सर्प पाल्न ७२ करोड दिने सरकारले जनताको लागि खोप खरिद गर्दैन र बिदेशीको राहत÷अनुदान पर्खेर बस्छ। सरकारको कार्यनीति केवल आफ्नालाई आर्थिक लाभ र जनतालाई उखान टुक्का दिने भयो । यस्तै हुनुभन्दा त नयाँ जनादेश नै आवश्यक छ।