समाचार

आगामी तिन दिनको मौसम पुर्वानुमान यस्तो छ !

८ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

यस्तै बिहिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै शुक्रबार दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । यस्तै राति पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।