समाचार

दाङबाट कांकडभिट्टा जाँदै गरेको बस सर्लाहिमा दुर्घटना, दुईको मृत्यु

८ माघ, काठमाडौं । दाङबाट झापाको कांकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहिको हरिवन नगरपालीका ४ मा यात्रुवाहक बस दुर्घटनामा परि अन्य १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु र घाईते भएकाहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवंम मदन कुवँरले जानकारी दिएका छन् ।

दाङबाट झापाको कााँडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको थियो ।